यौन व्यवसायमा संलग्न रहेका होटल सञ्चालकसहित बौद्ध क्षेत्रका १८ जनाविरुद्ध मुद्दा

मंसिर २४, काठमाडौँ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा काठमाडौँको बौद्ध क्षेत्रका १८ जनाविरुद्ध मुद्दा चलाएको छ । प्रहरीले तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको हो । 

होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालक ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

मङ्सिर २२ गते पक्राउ परेका २७ जनाको बारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताए । 

null

प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *