औपचारिकताका लागि अपाङ्गता दिवस मनाइँदै, ‘मलाई गणना गर, समावेश गर’ भन्ने नारा तय


काठमाडौं । सोमबार २७ औं विश्व अपाङ्गता दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चित’ गरिएको छ ।
नेपालमा भने अन्तर्राष्ट्रिय नारासँगै ‘मलाई गणना गर, समावेश गर’ भन्ने नारा तय गरेर अपाङ्गता भएका व्यक्तिको गणनालाई केन्द्रित गरिएको छ ।
तर अपाङ्गता भएका व्यक्तिको पीडा भने ज्यूँकात्यूँ छ।
null
समाज कल्याण परिषद्का अनुसार अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय छन्, तीमध्ये पाँच सय मात्रै सक्रिय रूपमा काम गरिरहेका छन् ।
सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले बताउने गरेका छन् ।
राष्ट्रिय जनगणना नेअनुसारपालको जनसंख्याको करिव पाँँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् । विश्व बैँक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजानिक गरेको प्रतिवेदनले विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता भएको उल्लेख छ ।
अझै पनि अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक पुनःस्थापना, सशक्तिकरण, चेतना लगायतका बारेमा राज्य मौन रहँदा अपाङ्गता भएका व्यक्ति खुलेर समाजमा आउन सकेका छैनन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।
