महानिरिक्षक खनाललाई सांसदले भने, सुरक्षा दिन नसके राजीनामा दिनुस्

 

मंसिर २४, काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरिक्षिक सर्वेन्द्र खनालको राजनीनामा माग गरिएको छ । 

समतिको आजको बैठकमा सदस्य प्रमीला कुमार यादवले सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

null

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको बताइरहँदा समितिका सदस्य तथा सांसदहरुले जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ ? भन्दै प्रश्न गरेका थिए । 

यस्तै सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरिन् । 

समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशङ्का देखिएको जिकिर गरे । 

यता महानिरिक्षक खनालले आफ्नो सामथ्र्यले सक्ने काम गरिरहेको स्पष्ट पारे । ‘अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन’, महानिरीक्षक खनालले भने, ‘प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’ 

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *