ए डिभिजन लिगः फ्रेन्ड्सको पहिलो जित

मंसिर १६, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले जित हात पारेको छ । 

आइतबार भएको पहिलो खेलमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको फ्रेन्ड्स क्लबको यो पहिलो जित हो । चार खेलपछि फ्रेन्ड्सले पहिलो जित निकालेको हो । मछिन्द्र क्लबको भने यो तेस्रो हार हो । 

फ्रेन्ड्स क्लबलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक एक गोल गरे । 

null

खेलको ६६ औं मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा संजोकले गोल गर्दै फ्रेन्ड्सको अग्रता २–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा अनिलले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को जित दिलाए । 

खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ दि म्याच चुनिए । 

जितसंगै फ्रेन्ड्सले ४ अंक जोडेको छ । र, फ्रेन्ड्स लिगको नवौं स्थानमा उक्लिएको छ । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । 

मछिन्द्रले पाँच खेलमा मात्र २ अंक जोडेको छ । मछिन्द्रले अघिल्ला ४ खेलमा २ हार र २ बराबरीको नतिजा निकालेको थियो । मछिन्द्र लिगको १२ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *