बिक्रीको लागि राखिएको ६७ केजी सडेको मासु बरामद

पुस १०, मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद् गरेको हो । 

यस्तै ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो मासु बरामद् गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए । अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना गरेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *