अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु


मंसिर २२, अस्ट्रेलिया । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी आएका मीलन तामाङको दुई महिनाअघि उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको ‘हाम्रो कलेज’मा अध्ययन गर्न आएका २० वर्षिय तामाङ आफ्नै घरमा पढिरहेको अवस्थामा एक्कासी ढलेका थिए ।
null
उनका साथी प्रकाश अधिकारीले दिएको जानकारी अनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका गरे । उनको मृत्युको कारण ’ब्रेन हेमरेज’ भएको उपचारमा संलग्न अधिकारीले बताएका छन् ।
उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।
शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।
