मेलम्ची खानेपानी आयोजनाका प्रोजेक्ट म्यानेजरसहित ८ कर्मचारी पक्राउ

पुस २, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ कर्मचारी पक्राउ परेका छन् । 

मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनीका कर्मचारीहरु क्रिसमसको अवसर पारेर भाग्न खोजेको भन्ने सूचना आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

खानेपानी मन्त्रालयले नियन्त्रणमा लिन निर्देशन दिएपछि काठमाडौँको ठमेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैको पासपोर्ट नियन्त्रणमा लिइ उनीहरुलाई मन्त्रालयको जिम्मा लगाइएको हो ।    

null

ठेकेदार कम्पनीको आर्थिक अवस्था नाजुक भएपछि सबै कर्मचारी केही दिनदेखि आयोजनाको काम छाडेर काठमाडौँमा बस्दै आएको पनि प्रहरीले जनाएको छ। 

क्रिसमस मनाउने बहानामा आठ जानै कर्मचारीले पासपोर्ट तयार गर्नुका साथै हवाइ टिकट समेत काटिसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको स्राेतकाे दाबी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *