दुई वर्षदेखि पशुलाई जस्तै खोरमा थुनिएकी रमिलाको यसरी भयो उद्धार

 

पुस ३, काठमाडौँ । पशुलाई जस्तै खोरमा थुनेर राखिएकी एक महिलाको उद्धार भएको छ । दुई वर्षदेखि पशुलाई जस्तै थुनेर राखिएकी छितापोखरीकी रमिला तामाङलाई नेपाली कांग्रेसका नेता तथा दिप्रुङ चुइचुमा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले उद्धार गरी उपचारमा पठाएका हुन् । 

मानसिक सन्तुलन गमाएकी रमिलालाई मंगलबार खर्चसहित गाउँपालिकाको रोहबरमा उपचारका लागि काठमाडौं लगिएको छ। 

null

यसअघि उनलाई उपचारका लागि धरान लगिए पनि उपचार हुन नसकेपछि छितापोखरीका स्थानीयले उनलाई खोर बनाएर थुनेका थिए। 

 

३३ वर्षिय रमिला चारैतिर जालिले घेरेर काठको खोरमा थुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार गाउँपालिका अध्यक्ष राई प्रहरी र सञ्चारकर्मीसहित उद्धारमा पुगेका थिए। 

मानसिक सन्तुलन गुमाएपछि रमिलाले गाउँमा बदमासी गर्न थालेकाले थुनिएको स्थानीयले बताए । उनका एक छोरी र एक छोरा छन् भने श्रीमान् गाउँमै कृषि पेसा गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *