बनेपाको पाउरोटी उद्योगमा किन गरियो सिल ?

पुस ५, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आएका थिए । 

विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिए । उद्योगले विशेषगरी बनेपाका अधिकांश विद्यालयमा पाउरोटी पठाउने गरेको शाक्यले बताए । 

अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिँदा विद्यालयका बालबालिकामा अखाद्य वस्तु पठाएकाले पाउरोटी उत्पादन गर्ने भट्टीमा दुई वटा सिल गरिएको हो । सरसफाइ एवं कारखाना मापदण्डअनुसार व्यवस्थित गरी विभागबाट अनुमित लिएपछि मात्रै उद्योग सञ्चालन गर्न चेतावनी दिइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *