भिन्दा–भिन्दै आरोपमा ४ पक्राउ

पुस १२, मङ्गलबारे । ईलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । 

यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । 

null

ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले अस्पतालका कर्मचारीको नाम गोप्य राखेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *