नक्कली पेस्तोल देखाइ प्रहरी हुँ भन्दै आतङ्क फैलाउने पक्राउ

पुस १०, काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती स्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । 

उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *