नयाँ शेयर मूल्य समायोजन नेपाल इन्भेष्टमेन्ट बैंकको

पुस ११, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । 

स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको छ । 

बैंकले आव २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब ५६ करोड १८ लाख पुग्नेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *