राजुकुमार राईको ‘बान्तवा राई समुदाय र संस्कृति’ सार्वजनिक
काठमाडौँ । अनुसन्धाता राजुकुमार राईद्वारा लिखित नयाँ कृति, ‘बान्तवा राई समुदाय र संस्कृति’ सार्वजनिक भएको छ ।
गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रमुख अतिथिका रुपमा उपस्थित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईद्वारा उक्त कृति सार्वजनिक गरिएको हो ।
null
कार्यक्रममा बोल्दै, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको कृतिले एक नम्बर प्रदेशको प्राज्ञिक र बौद्धिक विकासका लागि एउटा नैतिक दबाब सिर्जना गरेको बताए ।
प्रदेश नम्बर एकका ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, इलाम लगायतका विभिन्न जिल्लाको स्थलगत अध्ययन र करिब एक दशकको विस्तृत अनुसन्धान पश्चात् उक्त कृति कृति प्रकाशित गरिएको अनुसन्धाता राईले बताए ।
कृतिका भूमिका लेखक, चैतन्य मिश्रका अनुसार राई समुदायको सांस्कृतिक सभ्यताको परिचय, अध्ययन तथा अनुसन्धान पद्धति, किराँत सौन्दर्यशास्त्र तथा इतिहास, सामाजिक जनजीवन र संघठन, चाडपर्व, भाषा, पूजा आदि सामाजिक विषयमा आधारित यस कृतिले आम पाठकहरूलाई परिवर्तनको विश्वरुपसँग साक्षात्कार गराउनेछ ।