भरुवा बन्दुकसहित दुईजना पक्राउ

दाङ । प्रहरीले दाङ देउखुरीको राजपुरका नरबहादुर घर्ती र रेशम बहादुर बुढाथोकीलाई तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । 

५० वर्षीय नर बहादुर घर्तीले बोकेको भरुवा बन्दुक पट्कदा ४० वर्षीय धनलाल पुनलाई गोली लागेको घटनाको अनुसन्धान गर्दा ३ नाल भरुवा बन्दुकसहित २ जना व्यक्ति पक्राउ परेका हुन् । 

धनलाल पुनको दाहिने खुट्टाको गोलीगाँठामा गोली लागेको छ । उहाँको नेपालगञ्जमा उपचार भैरहेको छ । भरुवा बन्दुक पडकेर पुन घाइते भएको खबरपाएपछि अनुसन्धानका लागि गएको प्रहरीले उनीहरुको घरमा खोजी गर्दा लुकाएर राखेको अवस्थामा ३ नाल भरुवा बन्दुक भेटिएको हो । 

null

भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, सिसाका छर्रा टुक्रा, सलाइको काँटी, सोडाजस्तो देखिने चिजवस्तु, बारुद जस्तो देखिने चिजवस्तु, केप बनाउन प्रयोग गरिने औषधिको खोलसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *