मिस पुर्वाञ्चल २०१८ को ताज झापाकी पुजा श्रेष्ठलाई
पुस १४, धरान । झापा भद्रपुरकी २२ बर्षीय पुजा श्रेष्ठले नेपाल आईस मिस पूर्वाञ्चलको उपाधी हासिल गरेकी छिन् । धरानमा आज सम्पन्न नवौं संस्करणको मिस पूर्वाञ्चलमा १३ फाइनल प्रतिष्पर्धीलाई पाखा लगाउँदै पुजाले उपाधि हात पारेकी हुन् ।
धरानको होटल ईजी राईडरमा भर्खरै सम्पन्न प्रतियोगितामा श्रेष्ठले उपाधिको ताज सहित यामाहा स्कुटी हात पारिन भने हङकङ भ्रमणको अवसर पनि पाएकी छिन ।
null
प्रतियोगितामा धनकुटाकी अलिना क्षेत्री फष्टरनर अप भइन् भने सुनसरी ईटहरीकी तपस्या रणपहेली सेकेण्ड रनरअप घोषित भइन् ।
प्रतियोगितामा मिस पब्लिक च्वाईस तथा एन्टीलेक्च्वल दुबैको टाइटल रुसाली केसीले जितिन् । मिस ट्यालेण्ट तथा बेस्ट वाकको टाइटल सोनिता दाहाल, मिस फे्रन्डसिप सलिना राजबंशीले हात पार्दा मिस मल्टी मिडिया तथा फोटोजेनीकको टाईटल आकृति आचार्य मिशालले प्राप्त गरिन् । टाइटल विजेताहरुले जनही नगद १५/१५ हजार हात पारे ।
प्रतियोगिताको फाइनलमा ‘मिस इटहरी २०१७’ कि विजेता तपस्या रनपहेली, ‘मिस उर्लाबारी २०१७’ कि बिजेता रुसाली केसी, धनकुटाकी अनिला क्षेत्री, हिलेकी प्रजिता तामाङ, उर्लाबारी मोरङकी सबिना पोदार, तरहराकी तुलाशा पोख्रेल, झापा,भद्रपुरकी सलिना राजबंशी, संखुवासभाकी सोनेता दाहाल, धरानकी आकृति आचार्य, इचिना राई ,सुचित्रा कार्की, बिराटनगरकी मोनिका रेग्मी र धनकुटाकी सृष्टिका बिसुंखे प्रतिष्पर्धा गरेका थिए ।
सिल्भर इन्टरटेनमेन्टद्धारा आयोजित सो प्रतियोगीताको प्रि–फाइनल जजिङ राउन्ड गत विहिबार धरान ११ स्थित मायावी लाउञ्ज एण्ड बारमा भएको थियो । उनीहरुलाई प्रियारानी लामाले कोरियोग्राफी र विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए ।
प्रतिष्पर्धीहरुलाई भेडेटार, नाम्जे, पाथीभराको पर्यटनका विषयमा जानकारी दिईनुका साथै विभिन्न सामाजिक सेवा र ट्राफिक सचेतना कार्यक्रममा समेत सहभागीता गराईएको थियो । मिस पूर्वाञ्चल २०१८ को फाइनलका लागि मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा सहित विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरु निर्णायक रहेका थिए ।