भूकम्पले भत्काएको ३ वर्षपछि धरहरा पुनर्निर्माणको शिलान्यास आज

 

पुस १२, काठमाडौँ । ०७२ बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरको पूननिर्माण औपचारिक रुपमा आज सुरु हुँदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धरहराको शिलान्यास गर्दैछन् । भूकम्पले भत्काएको झण्डै ४ वर्ष पुग्न लाग्दा पुनर्निर्माणको औपचारिक थालनी गर्न लागिएको हो । बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । 

null

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो। ६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण गर्न लागिएको हो। 

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएका थिए । त्यसको झण्डै ४ वर्षपछि आज पुननिर्माण सुरु हुन लागेको हो । 

धरहरा पुनर्निर्माणमा तीन अर्ब ४२ करोड खर्च हुने अनुमान गरिएको छ । नयाँ बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। नयाँ धरहरा ११ तलाको हुने छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *