मेस्सीको ह्याट्रिक, लेभान्टेको मैदानमा बार्सिलोनाको सानदार जित

 

एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको हो ।  मेस्सी प्रेणित बार्सिलोनाले आइतबार राति लेभान्टेलाई ५ – ० गोल अन्तरले पराजित गरेको हो ।  

१० खेलाडीमा समेटिएको लेभान्टेविरुद्ध बार्सिलोनाले उसैको मैदानमा ३ अंक जोडेको हो  । बार्सिलोनालाई जित दिलाउन मेस्सीको ह्याट्रिकसंगै लूइस स्वारेज र जेर्रार्ड पीकेले एक एक गोल गरे ।  

null

खेलको ३५ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । ४३ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २ – ० को अग्रता बनायो । 

दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्यो । खेलको ४७ औं मिनेटमा मेस्सीले व्यतिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा मेस्सीले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बार्सिलोना ४ – ० ले अघि रह्यो । 

 

खेलको ७६ औं मिनेटमा लेभान्टेका इरिक काबाकोले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई ५ – ० को फराकिलो जित दिलाए । 

लेभान्टेविरुद्धको ह्याट्रिकसंगै मेस्सीले ला लिगामा ३१ औं ह्याट्रिक पुरा गरेका छन् । उनले यस सिजन ला लिगामा १४ गोल गरिसकेका छन् । मेस्सी यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको पहिलो स्थानमा छ ।  

जितसंगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको हो । बार्सिलोना १६ खेलबाट ३४ अंक जोडेको छ । र, दोस्रो स्थानको सेभियाभन्दा ३ अंकले अघि छ ।  

 

दोस्रो स्थानको सेभियाको ३१ अंक छ । लेभान्टे २२ अंक जोडेर आठौं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *