क्रिष्टल प्यालेसमाथि चेल्सीको कठिन जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । 

क्रिष्टलको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एन’गोलो कान्टे नायक बने । कान्टेले एक मात्र निर्णायक गोल गरेपछि चेल्सीले साँघुरो जित निकालेको हो  ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई ३ अंक दिलाए । 

जितसंगै चेल्सीले २० खेलबाट ४३ अंक जोडेको छ । र, शीर्ष तीन क्लबविरुद्ध अंक दुरी कम गरेको छ । चेल्सी लिगको चौथो स्थानमा छ ।  

null

पराजित क्रिष्टल १९ अंक जोडेको लिगको चौधौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *