स्वदेश फर्किइन् आङ सान सूकी

२०७५ मंसिर १६ गते

मंसिर १६, काठमाडौँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी स्वदेश फर्किएकी छिन् ।
नेत्री सूकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।
null
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकी यही मङ्सिर १३ गते काठमाडौँ आएकी थिइन् ।
नेपाल बसाइँका क्रममा सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेकी थिइन् । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।

२०७५ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित