एघाराैँ चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी

पुस ११, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि शुरु भएको एघाराैँ  चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

null

हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो । 

खेलको ४६ औँ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५४ औँ मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो । 

त्यसैगरी खेलको ६१ औँ र ८० औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे । यता पराजित ब्रिगेड व्वाइजका लागि वर्तमान राईले खेलको ८७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच हिमालयन शेर्पाका कप्तान मानबाहदुर तामाङ घोािषत भए । 

जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्राैँ  स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *