दुर्गादेवीले दिइन आठ प्रहरी विरुद्ध जाहेरी

पुस ४, कञ्चनपुर । १२ वर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विषयमा अनुसन्धानमा संलग्न प्रहरी माथि जाहेरी परेको छ ।  

कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी अधिकारी विरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले हिजो (मंगलबार) जाहेरी दिएकी हुन् ।  

उनले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मंगलबार जाहेरी दिएको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । 

null

छोरीको बलात्कारपछी हत्या घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी कर्मचारीलाई कानुन बमोजिम सजाय दिलाउन भन्दै मुद्दा निर्मलाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । 

तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृत विरूद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ । 

तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । तर आरोपित विष्टको डिएनए नमिलेपछि उनलाई साधारण तारेखमा रिहा गरिएको थियो । 

खड्कले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरूद्ध मुद्दा दायर गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *