घरेलुुमैदानमै चेल्सी निराश, जित्यो लिसेस्टर सिटीले

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा लिसेस्टरसँग १–० ले पराजित भएको छ ।प्रतिस्पर्धामक बनेको खेलको दोस्रो हाफमा जेमी भार्डीले गरेको गोल नै लेस्टरको जितमा निर्णायक बन्यो । 

भार्डीले ५१ औ मिनेटमा गोल गरेका थिए । खेलभर घरेलु टोली चेल्सीले पकड बनाएपनि लिसेस्टरको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा लिसेस्टरसँग पराजित हुन पुग्यो । प्रिमियर लिगमा चेल्सीको यो तेस्रो  हार हो । यसअघि चेल्सी टोटेनहम  र वल्भ्ससँग पराजित भएको थियो । 

 

null

चेल्सीको लेस्टरको पोस्टमा १७ प्रहार गरेपनि गोल गर्न असमर्थ रह्यो । यता लेस्टरले भने उक्त अग्रता बचाइराख्न सफल भयो ।पराजित भएपछि चेल्सी ३७ अंकसहित चौथो स्थानमा यथावत रहेको छ । लेस्टर २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *