बिगबासकाे डेब्यु खेलमै चम्किए सन्दीप, पहिलो ओभरमै लिए दुई विकेट

 

पुस ६, काठमाडौँ । अस्ट्रेलियाको बिगबास टि–२० लिगमा डेब्यू खेल खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा नै दुई विकेट हात पारेका छन् । 

सिड्नी थण्डरविरुद्ध डेब्यु गरेका सन्दीपले आफ्नो पहिलो ओभरमा ३ रन खर्चेर २ विकेट लिएका हुन् । 

null

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरे भने सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारेका छन्। सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए। 

यस्तै टोलीको दशौं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले ६ रन खर्चे। जोह रुटले चौथो बलमा उनलाई चौका प्रहार गरेका थिए। टोलीका लागि १२ औं ओभरमा सन्दिपले १ छक्कासहित १३ रन खर्चिए। 

याेसँगै सन्दीपले विश्व क्रिकेटका हस्तीहरुले भरिएको बिगबास लिग खेल्ने सपना पूरा गरेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *