काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए

पुस १६, काबुल । अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकू मारिएका छन् । 

अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । 

वार्दाक प्रान्तको सेयेद अबाद जिल्लामा आइतबार भएको हवाई कारबाहीको क्रममा २५ लडाकू मारिएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

null

यस कारबाहीमा परी विभिन्न चार प्रदेशका स्थानीय तालिबान कमाण्डर मारिएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । हवाई कारबाहीको क्रममा सो लडाकू समूहका छ सवारी साधन र तीन मोटरसाइकल पनि ध्वस्त भएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *