प्रहरी प्रभागमा गोली चलेको घटनाको छानबिन समिति गठन

काठमाडौं । प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।  

प्रहरी प्रधान कार्यालयले शनिबार महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएका थिए । 

दोलखाको बैतेश्वर गाउँपालिका–२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका यो प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएका थिए ।  

null

प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन जाँदा प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लागेको बताइएको छ ।  

गोली लागि घाइते भएका श्रेष्ठको इमाडोलस्थित किष्ट अस्पतालमा प्रारम्भिक उपचारपश्चात महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *