प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

 

मंसिर २७, काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । 

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । 

null

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । 

यसअघि प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिका कारण तीनपटकसम्म बैठक बस्न सकेको थिएन । 

बिहिबार भने देउवा समेत उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *