भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दावी

पुस १५, बोगोटा । कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दावी गरेका छन् । 

उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन् । 

विदेश मन्त्री कार्लोस होल्मसले भने । “विगत केही महिनादेखि उनको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,” पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धानकार्य जारी रहेकाले थप विवरणहरु पछि सार्वजनिक गरिने उनले बताए । 

null

राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उनले बताए । बोगोटा र काराकास बीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *