राजपा आन्तरिक विवादमा फस्यो
मकालु खबर
२०७५ पुस ७ गते
काठमाडौं– आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपाल का नेता अलमलमा परेका छन् । सरकारलाई दिएको समर्थन दसैं, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन ।
गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो ।आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
null
ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ ।
मकालु खबर
२०७५ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित