सेनामा बढ्दैछ लापरबाही: राष्ट्रपतिको बाहेक थप ५ हेलिकप्टर पनि बिना टेण्डर

 

काठमाडौं : नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि डेढ अर्ब खर्चेर ल्याएको १४ सिट क्षमताको यटालियन अगुष्टाबाहेक थप पाँच हेलिकोप्टर  पनि विनाप्रतिस्पर्धा खरिद गरिएको पाइएको छ। 

जीटुजीको बहानामा नेपाली सेनाले स्थानीय एजेन्टसँग मिलेर अमेरिका, फ्रान्स तथा इन्डोनेसियाबाट पाँच हेलिकोप्टर किनेको समाचार कारोबार दैनिकमा छापिएको छ। 

null

यी हेलिकोप्टर किन्न तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले अनुमति दिएको थियो। केही साताअघि नै इटालियन हेलिकोप्टर विनाप्रतिस्पर्धा एक अर्ब ५० करोडभन्दा बढी खर्च गरेर ल्याइएको थियो। 

त्यसबाहेक फ्रान्समा उत्पादित इकुरेल र अमेरिकी हेलिकोप्टर बेल पनि प्रतिस्पर्धाविनै खरिद गरेर नेपाल ल्याइएको छ। ‘अगुष्टाबाहेक इन्डोनेसियाको पीडीआई कम्पनीबाट दुईवटा ट्रेनर जहाज, फ्रान्सबाट फिक्स विङ कार्गो र चारसिटे इकुरेल हेलिकोप्टर तथा अमेरिकाबाट एउटा ६ सिटे बेल हेलिकोप्टर विनाप्रतिस्पर्धा जीटुअनुसार खरिद गरिएको हो’, सैनिक स्रोतले भन्यो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *