मानसिक सन्तुलन ठिक नभएका एक युवा तीन दिनदेखि बेपत्ता

मंसिर २७, गलकोट । बागलुङका एक युवा तीन दिनदेखि बेपत्ता भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–४ का मनबहादुर थापा मंगलबारदेखि बेपत्ता भएका हुन् । 

काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय ती युवा मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ । 

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले जानकारी दिए । 

null

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *