अग्रता जोगाउन सकेज सिटी फेरि स्तब्ध, गुमायो दोश्रो स्थान पनि

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार भएको खेलमा १० खेलाडीमा सिमित म्यानचेस्टर सिटी लेष्टर सिटीसँग २ – १ गोल अन्तरले पराजित भएको हो ।  

बक्सिङ डेको दिन सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको हो ।  लेष्टरलाई जित दिलाउन मार्क अल्ब्राईटन र  रोकार्डो पेरिराले एक एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल गरे । 

 

null

किङ पावर स्टेडियममा खेलको १४ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको १९ औं मिनेटमा अल्ब्राईटनले गोल गर्दै लेष्टरलाई १ – १ गोलको बराबरीमा ल्याए । 

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेष्टरका पेरिरा चम्किए । खेलको ८१ औं मिनेटमा पेरिराले गोल गर्दै लेष्टरलाई २ – १ को महत्वपूर्ण जित दिलाए । 

यस्तै खेलको ८९ औं मिनेटमा फाबियन डेल्फले रातो कार्ड पाएपछि सिटी खेलको केहि मिनेट १० खेलाडीमा समेटिएको थियो । 

 

हारसंगै सिटीको उपाधि होडमा धक्का लागेको छ  । र, सिटी लिगको तेस्रो स्थानमा झरेको छ । सिटीले ४४ अंक जोडेको छ  । सिटीले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । 

जितपछि लेष्टर २८ अंक जोडेर सातौं स्थानमा रहेको छ  । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *