भवन हस्तान्तरण कार्यक्रम
पुस १६, बौनियाँ । असाहयका लागि सहयोगीहातहरु नेपाल बर्दगोरिया गाउँपालिका २ बौनिया बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको साहरा घरमा मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले भवन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज साहरा घर रहेको स्थानमा भएको एक औपचारिक कार्यक्रमका बिच नेपाली सेनाका सुदूर पश्चिम पृतनापति उपरथी झंकर बहादुर कडायत र मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष टेक बहादुर बोहराले रिबन काट्दै संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
null
लघुवित्त वित्तिय संस्थाले आफ्नो समाजिक समुदायिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो भवन निर्माण गरेर साहरा घरलाई हस्तान्तरण गरेको वित्तिय संस्थाका अध्यक्ष बोहराले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै पृतनापति कडायतले साहरा घरले गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो व्यक्तिगत तवर र संस्थागत रुपमा हुन सक्ने सहयोगका लागि आफु निरन्तर लागीपर्ने कुरामा जोड दिएका थिए ।
साथै कडायतले सोहि अवसरमा आफ्नो व्यक्तिगत तर्फबाट नगद १० हजार सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । कार्यक्रममा साहरा घरका सञ्चालक बल बहादुर बिष्टले संस्थाको हालको अवस्था लगायतका बारेमा उपस्थित अतिथीहरु लाई जानकारी गराएका थिए ।
कार्यक्रममा बौनिया क्षेत्रमा रहेका बिभिन्न बित्तिय संस्थाका शाखा प्रमुख, शिक्षक, समाजसेवी पत्रकार लगायतको उल्लेखिय सहभागिता रहेको थियो । सोही अवसरमा बौनियामा रहेको प्रभु बैंक लिमिटेड को साखा कार्यलयका प्रबन्धक गौरव शर्माले नगद रु. ५ हजार ५ रुपैयाँ साहरा घरका सञ्चालक बल बहादुर बिष्ट लाई हस्तान्तरण गरेका थिए ।
साहरा घरले हाल ५० जना असाहय अनाथ सडक जिवन यापन गररहेकाहरुलाइ आश्रय दिइरहेको छ । साहरा घरका सञ्चालक बल बहादुर बिष्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम को सञ्चालन वित्तिय संस्थाका कर्मचारी बेद आचार्यले गरेका थिए ।