चिसो बढ्याेः हिमपात र वर्षाको सम्भावना, न्यूनतम तापक्रम अझै घट्ने

२०७५ मंसिर २१ गते

मंसिर २१, काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा चिसो बढ्दै गएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जनाएको छ । पूर्वी उच्च हिमाली भेगका केहि स्थानहरुमा भने हल्का हिमपात र पहाडी भेगका १–२ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै रातिको समयमा पूर्वका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।
null
उपत्यकामा शुक्रबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री मापन भएकोमा यो अझै घट्न सक्ने मौसमविदको अनुमान छ ।
दिउँसो भने काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०७५ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित