डाक्टरको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु

पुस ६, लहान । लाहानमा डाक्टरको लापरवाहीकाे कारणा बुधबार एक सुत्केरी महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवान को सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रा.लि मा डाक्टरको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मृत्यु भएको थियो 

उनको मृत्यु पश्चात आक्रोशित स्थानीयवासी उक्त हस्पिटल अगाडी बिहानैदेखि नै प्रदर्शन मा उक्रेका छन् । प्रदर्शन मा उक्रेका उनीहरुको माग शल्यक्रिया गर्ने डाक्टरमाथी कारवाही हुनुपर्ने रहेकाे छ । 

बुधबार साँझ व्यथाले च्यापेपछि सञ्जुलाई लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई उक्त अस्पतालमा उपचार सम्भव नभएपछी त्यहाँका डाक्टरले विराटनगर वा धरान लैजान सल्लाह दिएका थिए । परिवारजनले बाहिर लैजान लाग्दा एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रा.लिमा लैजान सल्लाह दिएका थिए। 

null

साेही सल्लाह बमाेजिम ओम गुरुकुल हेल्थ केयर प्रा.लि मा पुर्‍याएको उनीलाई  केही समयपछि त्यहाँका चिकित्सकले  शल्यक्रिया गर्नुपर्ने बताए। शल्यक्रियाबाट बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रियो र चिकित्सकले रगत चढाउन थाले। उनको अवस्था झन्झन् नाजुक बन्दै जान थालेपछि अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए अनुसार प्रदर्शनमा उत्रेका मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेपछि उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी खटाईएको छ र हाल त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन रहेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *