‘सारेगमप’मा टुंगियो मेनुकाको यात्रा

मंसिर २१, काठमाडौँ । जी टी.भी.ले प्रशारण गर्ने भारतीय चर्चित गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपाली चेली मेनुका पौडेल प्रतियोगिताबाट बाहिरिएकी छन् । 

 

‘सारेगमप’ मा पहिलो चोटी अडिसन दिदाँ उनले ‘जाने क्या बात है’ गाउँदा जजहरूले ‘तिम्रो गितको मूल्यांकन गर्ने हाम्रो औकात छैन’ सम्म भनेका थिए । उक्त रियालिटी शो मा जजहरुले मेनुकाको धेरै प्रशंसा गर्ने गर्थे । आफ्नो हरेक प्रस्तुतिहरुमा उच्च स्कोरसहित स्ट्यान्डिङ अभेसन पाउँदै आईरहेकी मेनुको ‘सारेगमप’को यात्रा अब टुंगिएको छ । टप ११ को प्रतिस्पर्धामा थोरै भोट पाएपछि उनी यस प्रतियोगिताबाट बाहिरिएकी छिन् । उनि नेपाल अाइडलमा पनि टप ११ बाट बाहिरिएकी थिइन् । 

null

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जर्जहरुले ८८.७ प्रतिशत स्कोर दिए । जर्ज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको टिप्पणी गरेका थिए । गत शनिबारको एपिसोडसँगै मेनुकाको ‘सारेगमप’ को यात्रा टुंगिएको छ । 

फेसबुकमा ‘अर्को साल फेरि यो कार्यक्रममा आउनुपर्छ भन्ने लागेको छ ।’ भन्ने लेख्दै उनी टप ११ मा पुग्नु नै उनको लागि गर्वको कुरा भएको बताएकी छिन् । भोलीको एपिसोडमा उनी आउट भएको प्रशारण हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *