अध्यादेशका हरेक विषयमा छलफल आवश्यक छैनः मन्त्री पण्डित

 

पुस ११, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशको हरेक विषयमा छलफल हुनुपर्छ भन्नु ठिक नभएको बताएका छन् । 

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मूलभूत विषयमा छलफल भइसकेको तथा राष्ट्रपतिबाटै जारी भइसकेको भन्दै अध्यादेशका हरेक विषयमा छलफल आवश्यक नभएको बताएका हुन् । 

null

‘कर्मचारी समायोजन अध्यादेशमा कुनै पनि राष्ट्रसेवकको वृत्तिविकासको ढोका बन्द गरिएको छैन । सरकार मातहतका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जानुपर्दा मनोवैज्ञानिक त्रासमात्र भएको हो’, उनले भने । 

प्रदेश र स्थानीय तहको विकास निर्माण र सेवा प्रवाह चुस्त बनाउन अध्यादेश ल्याइएको दाबी गर्दै मन्त्री पण्डितले केन्द्रीय प्रणाली अन्तर्गत रहेका कर्मचारीहरुलाई संघीय प्रणालीमा संघ प्रदेश र स्थानीय तहमा जानुपर्ने भएकाले मनोवैज्ञानिक प्रभावहरु देखा परेको स्पष्ट पारे । 

संसदको यही अधिवेशनमा संघीय, प्रादेशिक र स्थानीय तह सेवा ऐनको ल्याइने जानकारी दिँदै उनले संसदको हिउँदे अधिवेशनमा संघीय निजामति सेवा ऐन प्रस्तुत हुने बताए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *