नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

 

पुस ११, काठमाडौँ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई मातृशोक परेको छ । बुधबार बिहान ७ बजे करेन्ट लागेर उनको आमाको मृत्यु भएको छ । 

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडलाई सेती अञ्चल अस्पतालले मृत घोषित गरेको हो । 

null

अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ । 

 

नेपाल आइडल बनेको एक हप्ता पनि नबित्दै रविले आमा गुमाएका छन् । रविले यसअघि नै आफूलाई जन्मदिने आमालाई गुमाइसकेका थिए । विष्णासँग उनकी कान्छी (सौतेनी) आमा हुन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *