गहुँ छर्ने कृषकलाई डिएपी मलको चरम अभाव

मंसिर २४,बिराटनगर । पूर्वी तराईका किसानहरुलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ । धान थन्क्याएर गहुँ छर्ने बेला किसानहरु भने गहुँको बिउ र मल नपाएको गुनासो गरेका छन् । धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ र त्यसलाइ आवश्यक पर्ने डिएपी मल अभाव हुँदा हैरानी व्यहोरिरहेका छन् । 

 

सामान्यतया धान रोप्ने सिजनमा युरिया र गँहु छर्ने यो सिजनमा डीएपीको माग अत्याधिक हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री बितरण गर्दै आएको छ । तर, मल आयात र बिक्री वितरणको जिम्मा पाएका यी संस्थानहरुले आवश्यकता अनुसार मल आपूर्ति भने गर्न सकेका छैनन् । 

null

 

सिजन अनुसारको मल उपलब्ध नगराउँदा किसान समस्यामा परिरहेका छन् । मोरङ शिसवनी जहखदाका किसान पर्शुराम राजवंशीले सिजनका वेला मल नपाउने गरेको गुनासो गरे । उनले जुन मलको आवश्यकता रहेपनी मल किन्ने बेलामा बिपरित हुने गरेको बताए । उनले भने ‘ अहिले गहुँ छर्ने बेला छ । गहुँका लागि प्रयाप्त डिएपी मल चाहिन्छ तर, अहिले युरिया मल मात्र पाइन्छ । जुन धान रोप्ने सिजनका लागि आवश्यक हो । 

 

त्यतिवेला डिएपी प्रयाप्त पाइएको थियो । अहिले गहुँको सिजन छ । डिएपी आवश्यक हो तर त्यहि पाइँदैन । यतिवेला गहुँ छर्ने बेला हो डिएवपी एकदमै चाहिरहेको छ तर डिएपी मल पाइँदैन ।’ कृषि सामाग्री कम्पनीले माग गरे अनुसारको मल नदिँदा किसानले भने जति मल उपलब्ध गराउन नसकेको बिक्रेताको भनाइ छ । दैनिक १ सय बढी बोरा डिएपी मल विक्री हुने ठाउँमा कम्पनीले हप्तामा १ सय बोरा मात्रै दिने गरेको मोरङ कटहरी स्थित मल विक्रि केन्द्रका प्रमुख राजु राजवंशीले बताए । 

उनले भने ‘ कृषि सामग्री कम्पनीले हप्तामा एक पल्ट मात्र सय बोरा डिएपी दिन्छ । यहाँ दिनमा सय बोरा कृषकको माग हुने गरेको छ । एकदमै मलका लागि बढी प्रेस गरोभने मात्र हप्तामा २ पल्ट दिन्छ नत्र भने १ पल्ट मात्र हो । यहाँ हप्तामा दोब्बर संख्यामा कृषकहरु मलका लागि आउँछन । त्यसमा पनि एक जना कृषकलाई ३ बोरा भन्दा बढी मलको आवश्यकता हुन्छ । त्यसैले किसानलाई चाहिने जति मल उपलब्ध गराउन सकेका छैनौँ । 

यता प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको बताए । उनले प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको अवस्था रहेको र वर्षाको सिजनमा युरिया र डिएपीको केही अभाव भएपनि पछिल्लो समय त्यस्तो अभाव नभएको दावी गरे । उनले भने ‘अहिले कृषि सामग्री र साल्ट ट्रेडिङमा प्रयाप्त मल रहेको जानकारीमा आएको छ । यस सम्बन्धमा हामी धानको बाली भित्रयाइसकेपछी पुन प्रदेश स्तरमा एटा बैठक बस्ने छौँ र मलको उपलब्ध के कस्तो हुन्छ हिउँदे सिजनका लागि मलको कसरी बिक्री वितरणको व्यवस्था मिलाउने, नयाँ परिपेक्षमा यसलाई कसरि व्यवस्थित गर्ने कुरामा हामी छलफलमा छौँ ।’ 

संघीय सरकार मातहत रहने साल्ड ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा रहेका छन । यी दुई संस्थानमा प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल बिक्री वितरण हँुदै आएको छ । मलको आवश्यकताका आधारमा स्थानिय तहहरुबाट सिफारिस गर्ने गरी मल उपलब्ध गराउने र बिक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानिय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *