भोली भुजेल चलचित्र ‘नि–प्हुगाल’ को प्रिमियर शो

मंसिर २८ पोखरा । भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । 

भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिको सक्रियतामा निर्मित उक्त चलचित्र सेवानुङ फिल्म प्रालिको पहिलो प्रस्तुती रहेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही मङ्सीर २९ गतेदेखि पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा उक्त चलचित्रको ‘प्रिमियर शो’ हुने भएको छ ।भुजेल समाज सेवा समितिका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले यस चलचित्रले भुजेल जातिको पहिचानसहित उनीहरूको वेशभूषा, कला र संस्कृतिको संवद्र्धन एवं प्रवर्द्रधन हुने विश्वास व्यक्त गरे । चलचित्रमा ६१ कलाकारले अभिनय गरेका छन् । 

नायक भीम भुजेल, नायिका पूजा भुजेलसहित सुरज भुजेल, मीनु भुजेल, सचिन भुजेल, कला भुजेल, कमल भुजेल, जुनुमाया भुजेल, रेशम भुजेललगायत कलाकारको अभिनय रहेको उक्त चलचित्रको निर्देशकमा कृष्णकुमार गुरुङ, निर्मातामा कमलबहादुर भुजेल र सहनिर्मातामा कोपिला भुजेल रहकाे छ । 

null

पत्रकार सम्मेलनमा निर्माता भुजेलले यो चलचित्र नाफाका लागि भन्दा पनि जनचेतनाका लागि निर्माण गरिएको र चलचित्र प्रदर्शनपछि सङ्कलित रकम भुजेल जातिकै हितका लागि खर्चिने बताए । कमल भुजेलको कथामा निर्मित चलचित्रको छायाँङ्कन तनहुँको रमणीय भुजेल बस्ती आदिमुल र पोखराको कास्कीकोट, छोरेपाटन, लेकसाइडलगायत आसपासका विभिन्न क्षेत्रमा गरिएको छ । 

चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा प्रयोग गरिएको छ भने बाँकी नेपाली भाषा रहेको छ । चलचित्रमा भुजेल भाषासहितका तीन गीत समावेश गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *