माउरिन्होलाई रियल मड्रिडले प्रशिक्षक नियुक्त गर्ने

 

मंगलबार म्यानचेस्टर युनाइटेड छोडेका जोसे माउरिन्होलाई स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षकमा नियुक्त गर्न चाहेको इंग्लिस संचारमाध्यमले जनाएका छन् । रियलले माउरिन्होलाई दोस्रो पटक आगमी सिजनको सुरुवातमा प्रशिक्षक नियुक्त गर्ने ती मिडियाले जनाएका छन् । जसअनुसार रियलले माउरिन्होलाई १८ मिलियन तलब दिने गरी नियुक्त गर्ने तयारी गरेको छ । 

रियलले पछिल्लो महिना प्रशिक्षकमा नियुक्त गरेका सेन्टियागो सोलारीको विकल्प खोजिरहेको बताइएको छ । यद्यपी सिजनको अन्त्यसम्म सोलारीको काम हेरेर रियलले निर्णय लिने भएको छ । रियलका अध्यक्ष फ्लारेन्टिनो पेरेज माउरिन्होलाई पुनः प्रशिक्षक बनाउन इच्छुक रहेको स्पेनिस मिडियाले जनाएका छन् । 

null

आइतबार लिभरपुलसँग पराजित भएपछि माउरिन्हो बर्खास्तीमा परेका थिए । सोलारीलाई रियले सन् २०२१ सम्मको नियुक्ती दिएको छ । तर, ला लिगामा इबर र च्याम्पियन्स लिगमा सिएसके मस्कोसँग टोलीले लज्जास्पद हार व्यहोरेपछि रियल उनको विकल्प खोज्ने पक्षमा देखिएको छ । रियलका सदस्यहरुमाझ गरिएको एक सर्वेक्षणमा समेत अधिकांशले माउरिन्होलाई पुनः प्रशिक्षक बनाउन सुझाव दिएका छन् । 

माउरिन्हो यसअघि २०१० देखि २०१३ सम्म रियलका प्रशिक्षक थिए । उनले रियललाई एक ला लिगा, कोपा डेल रे र सुपरकोपाको उपाधि जिताएका थिए । रियलका सदस्यहरुमा माउरिन्होले क्लबलाई सही नेतृत्व दिने विश्वास रहेको बताइन्छ । 

रियलका स्टार मार्सेलोले समेत माउरिन्होका बारेमा सकारात्मक टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘उनी एक महान प्रशिक्षक हुन् । यदी क्लबले उनलाई प्रशिक्षक बनाउँछ भने म खुसी हुनेछु ।’ रियलले माउरिन्होलाई खेलाडी अनुबन्ध गर्न पर्याप्त रकम र महत्वपूर्ण भूमिका दिने तयारी समेत गरेको बताइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *