केआइसीको अष्ट्रेलियन एडमिसन सप्ताह सुरु

पुस १, काठमाडौं । काठमाडौं इन्फोसिसले अष्ट्रेलियन एडमिसन सप्ताह सञ्चालन गर्दैछ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने योजना बनाइरहेका विद्यार्थीलाई सहि काउन्सेलिङ गर्ने उद्देश्यले भोलीबाट एड्मिसन सप्ताह सुरु गरेको हो ।  

 

एड्मिसन सप्ताहमा विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, कलेज तथा विश्वविद्यालयको बारेमा जानकारी दिइने बताइएको छ । त्यसका अलावा विद्यार्थीको रुचि र योग्यता अनुसार कस्ता विषय अध्ययन गर्ने विषयमा समेत करियर काउन्सेलिङ गर्ने काठमाडौं इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले बताए । 

null

‘उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने योजना गरेका विद्यार्थीलाई उनीहरुको शैक्षिक, भाषिक योग्यताका साथै लागत, छात्रबृत्ति, भिजा प्रक्रिया आदीका विषयमा जानकारी दिनु एड्मिसन सप्ताहको उद्देश्य हो ।’ उनले भने । 

एड्मिसन सप्ताहमा विद्यार्थीले अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाटै परामर्श लिन सक्ने ब्यवस्था गरिएको छ । एड्मिसन सप्ताहमा करिब पाँच सय विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *