अपराजित आर्सनल समूह विजेता

एजेन्सी । इंग्लिश क्लब आर्सनल समूह विजेता बन्दै युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । 

बिहिबार राति भएको समूह चरणको अन्तिम खेल क्वाराबाग एफकेलाई १ – ० गोल अन्तरले हराउँदै आर्सनल समूह ‘ई’ को विजेता बनेको हो । 

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेट्सले निर्णायक गोल गरे । पहिलो हाफको १६ औं मिनेटमा  लाकाजेट्सले गोल गर्दै आर्सनललाई ३ अंक दिलाएका हुन् । 

null

जितसंगै आर्सनलले ६ खेलबाट १६ अंक जोड्न सफल भयो । समूह चरणमा अपराजित आर्सनलले ५ खेलमा जित र एक बराबरीको नतिजा निकाल्यो । 

यस समूहबाट स्पोर्टिङ सिपी उपविजेता बन्दै अन्तिम ३२ मा पुग्न सफल भयो । बिहिबार बोर्स्क्ला पोल्टाभालाई ३ – ० ले हराएको स्पोर्टिङले ६ खेलबाट १३ अंक जोड्यो । 

समान ३/३ अंक जोडेको क्वाराबाग र पोल्टाभा भने समूह चरणबाट बाहिरियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *