गरिबले पाउँने भए गरिबी परिचयपत्र

 पुस ३, लम्की । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईले गरिबले गरिबी परिचयपत्र पाउने बताएकाछन । लम्कीचुहा नगरपालिका ६ नम्बर वडाले आयोजना गरेको फुटबल तथा क्रिकेट खेलको लागि खेलाडी छनौट कार्यक्रमको उदरघाटन गर्दै प्रमुख अतिथी बजगाइले गरिबले गरिबी परिचयपत्र पाउँने बताएका हुन् । 

गरिबीको पहिचान भई परिचयपत्र पाएकाहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदने बताउँदै स्थानिय सरकारबाट गरिबीको रेखामुनी रहेकाहरुले विशेष सेवा पाउनेछन् । जस्का लागि गरिबी पहिचान गरी गरिबी परिचयपत्र बितरण गर्ने कामको थालनी सुरु गरिने छ । खेलकुद विकासको लागि ६ नम्बर वडाले गरेको कामको प्रशंसा गर्दै खेलकुद र खेलाडीको विकासमा लगानी गर्ने बजगाईले बताए । लम्कीचुहामा छाउपडी प्रथा सामाजिक विकासको बाधक भएकोले छाउपडी उन्मुलन गरिने बजगाईले बताए । आफै छाउँगोठ भत्काउने लाई पुरस्कृत गरिनेछ भन्दै तत्काल छाउपडी उन्मुलन कार्यक्रम संचालन हुने उनले बताए । लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख एवं कार्यक्रमको विशिष्ठ अतिथि टिका थापाले महिलाहरु घरेलुहिंसाको समस्यामा रहेकोले महिलाहरु एक भएर अधिकारको पक्षमा आवाज उठाउनु पर्ने बताइन । वडा नम्बर ५ का अध्यक्ष माया विष्ट नेपाली काँग्रेसका जुगराम चौधरी, नेकपाका ढक बहादुर बिक महेन्द्र ढुंगाना र समाजसेवी हंश बहादुर रोकायाले शुभकामना मन्तव्य राखेका थिए । 

१७ बर्षदेखि ३५ बर्षसम्मका उमेर समुहका एक सय ९ जना खेलाडीबाट खेलाडी छनौट गर्ने लम्कीचुहा नगरपालिकाका ६ नम्बरका वडा अध्यक्ष नेत्र सुनाखरी मगरले बताए । कार्यक्रममा देउडा गायक लाल बहादुर धामी जनकलाकार बिष्ना कुमारी बिसीले जनचेतनामुलक गीत गाएका थिए । ६ नम्बरका वडा अध्यक्ष नेत्र सुनाखरी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जमान सिह देउवाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम को संचालन दिप भण्डारी ले गरेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *