जितको खोजिमा सन्दीपको टोलि, मेलबर्नले तेस्रो खेलमा आज सिड्नीसँग प्रतिस्पर्धा गर्दै

 

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज (बिहिबार) सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्दैछ । 

सिड्नीमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २:०० बजे सुरु हुनेछ । घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो । 

null

लिगमा अंकबिहिन मेलबर्न पुछारमा छ । २ अंक जोडेको सिड्नी चौथो स्थानमा छ ।सिड्नीविरुद्धको खेलमा नेपाली टोलीका युवा लेग स्पिनर टिममा पर्ने सम्भावना बलियो रहेको छ । अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप पहिलो रोजाईमा हुनेछ । 

किफायती बलिङ गरिरहेका सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिईसकेका छन्  । सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट  लिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *