धरानमा विद्यालय स्तरीय छात्र–छात्रा बास्केटबल प्रतियोगिता हुने

पुस ९ धरान । पूर्व जुनियर पायोनियर विद्यार्थी संगठनको आयोजना तथा धरान बास्केटबल संघको सहयोगमा आउँदो माघ ३ गते देखि ९ गते सम्म सुनसरीको धरानमा प्रथम विद्यालय स्तरिय छात्र–छात्रा बास्केटबल प्रतियोगिता २०७५ हुने भएको छ । 

 

सोमबार धरान १२ स्थित अनाम बजारमा संगठनले पत्रकार सम्मेलन गरी क्लवले यस्तो खालको प्रतियोगीता पहिलो पटक गराउँन लागेको जनाएको छ । 

null

खेलाडी उत्पादनको मुख्य श्रोतको रुपमा रहेको विद्यालयलाई लक्षित गरि सो प्रतियोगीता गराउँन लागेको प्रथम विद्यालय स्तरिय छात्र–छात्रा बास्केटबल प्रतियोगिताका संयोजक चिरन्जीवी गीरीले जानकारी दिए । गिरीका अनुसार बास्केटबललाई अझ व्यसायिक बनाउँनका निम्ती पनि विद्यालय स्तरबाट यस्तो प्रतियोगीता हुन जरुरी देखिएको बताए । 

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्र्थीहरुलाई सहभागिता गराईने छ भने छात्र र छात्रातर्फ १४/१४ टिमको सहभागिता रहने संगठनले जनाएको छ । छात्रछात्रा दुबैतर्फ प्रतियोगिताको बिजेताले नगद बाहेक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने प्रतियोगीतामा उत्कृष्ट खेलाडीमा मस्ट भ्यालुएवल खेलाडी र उदयीमान खेलाडीलाई समेत सोही सम्मानबाट सम्मानित गरिनेछ । खेल धरान १९ स्थित हरियाली सामुदायिक बनको बास्केटबल कोर्टमा हुनेछ भने खेलकालागि करिब डेढ लाख रुपैँया खर्च लाग्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *