राष्ट्रिय सभागृहमा सुरु भयो किम्फ
मंसिर २१, काठमाडौं । १६ औं काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेष्टिवल (किम्फ) आजबाट सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा राष्ट्रिय सभागृहमा भएको किम्फमा ३१ देशका उत्कृष्ठ ७० फिल्म प्रदर्शन हुँदैछन् ।
किम्फको उद्घाटन गायिका आनी छोइङ, पहिलो महिला तबला बाधक सरिता मिश्र, प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मा, माउण्टेन फिल्मकी निर्देशक जेनिफर पिडम र पर्वतारोही दावा याङचुङ शेर्पाले उद्घाटन गरे ।
null
सन् २००७ बाट सुरु भएको किम्फको १६ औं संस्करणको नारा WOMEN MOVE MOUNTAINS रहेको छ । किम्फको उद्घाटनमा महिला निर्देशक जेनिफरको ७४ मिनेटको माउण्टेन प्रर्दशन गरिएको थियो । आज ९ ओटा फिल्म प्रदर्शन हुने आयोजकले जनाएका छन् ।
किम्फमा डकुमेन्ट्री र फिक्सन गरी २१ ओटा फिल्म प्रदर्शनमा आउनेछन् । जसमा यसपटक नेपाल क्याटोगोरीमा दुई उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिने आयोकज हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले बताए ।
किम्फले नयाँ नेपाली चलचित्र मेकरलाई नयाँ आइडीया दिने अपेक्षा गरिएको छ । ३१ देशका उत्कृष्ठ फिल्मसँगै कलाकार तथा निर्देशकसँग नेपाली फिल्म मेकरले अन्तरक्रिया, छलफल तथा अनुभव आदानप्रदान गर्न पाउने छन् । ५ दिनसम्म हुने फेष्टिवलमा फिल्म मेकर, विद्यार्थी र युवाहरुको उपस्थिति रहने बताइएको छ ।
फेष्टिवलमा नेपालसँगै अष्ट्रेलिया, अमेरिका, इण्डिया, साउथ अफ्रिका, अफगानिस्तान, चीन, स्लोभाकिया, पोल्याण्ड, इटाली, बेल्जियम, जर्मन, पाकिस्तान, इरान लयागत ३१ देशका उत्कृष्ट डकुमेन्ट्री तथा फिल्म प्रर्दशन हुनेछन् । जसमा डेढ दर्जन फिल्म प्रिमियर गरिनेछ ।