ए डिभिजन लिग फुटबलको ११ औँ चरणका खेल आज सुरु हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलको ११ औँ चरण आज सुरु हुँदैछ । एघारौं चरणको पहिलो दिन आज तीन खेल हुनेछन् ।पहिलो खेलमा बिहान ११ बजे हिमालयन शेर्पा र ब्रिगेड भिड्दा दिउँसो साडे २ बजे जावलाखेलले मछिन्द्र तथा एनआरटिले फ्रेण्ड्स क्लबको सामना गर्नेछ ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे बिग्रेडविरुद्ध मैदान उत्रँदा हिमालयन शेर्पा क्लब तीन स्थान सुधारको योजनामा रहेको छ । १२ औ स्थानमा रहेको ब्रिगेडपनि दोस्रो जितसँगै १० औँ स्थानमा चढ्ने योजनामा छ ।  

एन्फा कम्प्लेक्समै दिउँसो साडे २ बजे १० औ स्थानको जावलाखेल र १३ आँै स्थानको मछिन्द्र फुटबल क्लब आमने सामने हुनेछन् । 

null

११ औ चरणमा जावलाखेल तेस्रो र मछिन्द्र दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछन् । सोही समय हल्चोकस्थित एपीएफ मैदानमा तालिकाको पुछारमा रहेको एनआरटी, ११ औँ स्थानमा रहेको फ्रेण्ड्स क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ । लिगको ११ औँ चरणमा उपाधिको छिनोफानो समेत हुने संभावना रहेको छ । 

११ औँ  चरणमा भोलि हुने खेलपछि लिग च्याम्पियनको टुंगो लगाउने छ । भोलि शीर्ष स्थानको मनाङ मस्र्याङदी र दोस्रो स्थानको संकटा क्लब आमने सामने हुनेछन् । सो खेलमा जित निकाले, मनाङले २ खेल अगाबै किर्तिमानी आठौँ पटक लिगको उपाधि आफ्नो नाममा लेखाउनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *