अत्याधिक चिसोको बढेपछी मधेसको जिबन कष्टकर बन्दै

पुष ५, सिरहा । एक्कासी अत्याधिक चिसाे बढ्नाले मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहान लगायत मधेशका बजारमा चहलपहल कम हुन थालि सकेको छ ।  बिशेषगरी गरीब परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताए । 

कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिइ मौकाको फाइदा उठाउने गरेका छन् । अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा सुनील कुशवाहाले बताए । 

चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् । बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो खोलिने गरेको छ । साँझपख पनि चिसो झनै बढ्दा गर्दा बजार साँझदेखि नै सुनसान हुने लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकलाल अमात्यले बताए ।  प्रदेश नं १ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश नं २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामो चिसो हावाले मानिसको चहलपहलमा नै कमी आएको छ । आज बिहान लहानको तापक्रम ११ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । बिहान कुहिरो र शीतलहरले नजिकै देख्न किठन भएपछि सवारी चालक हेडलाइट बाल्न बाध्य भएका छन्र ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *