विवाह प्रस्ताव स्वीकार नगर्दा युवतीमाथी छुरा प्रहार

 

पुस ९, पर्सा । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोर प्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते हुनुभएको छ । 

घाइते सकुन्तलाको ब्रिगञ्ज स्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । जयकिशोर प्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । 

null

पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए । जयकिशोर प्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *