दाङ बस दुर्घटनाः मृतकको संख्या १६ पुग्यो, १० जना घाइते

 

पुस ६, दाङ । दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्धार गरिएको बताइएको छ । उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले बताए । 

null

दुर्घटनामा ५ पुरुष र ५ महिला गरी १० जना घाइते छन्। घाईते-मृतकको नाम विवरण भने खुल्न बाँकि छ । 

 

दाङको तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना भएको हो । बस सडकबाट ८ सय मिटर तल भीरमा खसेको छ।  

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कँदै गरेको शिक्षक तथा विद्यार्थी सवार बा४ख ९७६६ नम्बरको बस सडकबाट तल खस्दा १६ जनाको मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *